नेपालमा पहिलोपटक इन्फ्रास्टक्चर 'एक्सिलेन्स अवार्ड' हुँदै

Advertisement

काठमाडौं । पूर्वाधार विकासका क्षेत्रमा भइरहेका उत्कृष्ट कार्यलाई सम्मान गर्न नेपालमा पहिलोपटक इन्फ्रास्टक्चर एक्सिलेन्स अवार्ड आयोजना हुने भएको छ । हिमालय टेलिभिजनको आयोजना र फ्याक्ट नेपालको सहकार्यमा अवार्ड प्रदान गर्न लागिएको हो ।

पूर्वाधार विकासका क्षेत्रमा भइरहेका उत्कृष्ट कार्यलाई पुरस्कृत गरी पूर्वाधार विकासलाई प्रोत्साहित गर्न अवार्ड आयोजना गर्न लागिएको जनाइएको छ ।

बेस्ट नेशनल प्राइड प्रजेक्ट, बेस्ट पब्लिक पर्पोज प्रोजेक्ट, बेस्ट प्राइभेट पर्पोज प्रोजेक्ट, बेस्ट हाउजिङ एन्ड रेसिडेन्सनल प्रोजेक्ट, पपुलर प्रोजेक्ट अफ द एयर, बेस्ट स्मल स्केल प्रोजेक्ट तथा लाइफ टाइम अचिभमेन्ट गरी सात विधामा अवार्ड प्रदान गरिनेछ।

Advertisement

Advertisement

Advertisement