युट्युबमा ‘ब्ल्याक’ सार्वजनिक (भिडियोसहित)

Advertisement

काठमाडौं । नेपाली चलचित्र चलचित्र ‘ब्ल्याक’ युट्युबमा सार्वजनिक भएको छ । प्रेमका कारण जिन्दगीमा आउने उतारचढाव, लागुऔषधले युवा वर्गमाथि पारेको असर त्याग, लफडा र मिलनको कथालाई यस चलचित्रमा प्रस्तुत गरिएको छ ।

प्रदिप श्रेष्ठको निर्देशन आश्मा पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रको मुख्य भूमिकामा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मा देखिएका छन् । बिहिवार युट्युबमार्फत सार्वजनिक गरिएको यस चलचित्रलाई अहिलेसम्म नौं लाख ४८ हजार एक सय ४४ जनाले हेरिसकेका छन् ।
चलचित्रमा नायक आयुष रिजाल खलपात्रको रुपमा दखिएका छन् भने धिरेन शाक्य र प्रीया रिजालले भने आकाश श्रेष्ठका बावुआमाको भुमिकामा प्रस्तुत भएका छन् । यस चलचित्रमा बच्चाहरुलाई होस्टेल राख्नु र आमाबावुको ध्यान नपुग्नुको प्रतिकुल असरलाई देखाउन खोजिएको छ । चलचित्र हेर्नुहोसः

[embed]https://www.youtube.com/watch?v=d4pdonOKmxA[/embed]

Advertisement

Advertisement

Advertisement