'विश्वव्यापी मुद्रा सञ्चितिमा युआन थप मजबुत बन्ने'

Advertisement

बेइजिङ, चीन । आगामी पाँचदेखि १० बर्षसम्म विश्वव्यापी मुद्रा सञ्चितिमा चिनियाँ युआनको मजबुत अवस्था रहने अमेरिकी बहुराष्ट्रिय बैंक मोर्गान स्टानलेका अर्थ विश्लेषक रविन सिङले बताएका छन् ।

“युआनको विश्वव्यापी सञ्चिति आगामी पाँचदेखि १० बर्षसम्म अहिलेको दुई प्रतिशतबाट वृद्धि भई करिब पाँच प्रतिशत पुग्नसक्ने अवस्था देखिएको छ,” सिङले बताए, “मुद्रा सञ्चितिमा आउने वृद्धिको अर्थ विश्वभरका केन्द्रीय बैंक र लगानी कोषहरूले सम्पत्ति खरिद् गर्दा युआनलाई फाइदा पुग्ने गरी कारोबार हुने देखिएको छ ।”

त्यतिवेलासम्म युआनले बेलायती पोन्डस्टर्लिङ र जापानी यनलाई पछि पार्दै मुद्रा सञ्चितिका हिसाबले तेस्रो शक्तिशाली मुद्रा बन्नेछ । अमेरिकी डलर र यूरो भने युआनभन्दा अझै बलिया रहनेछन् । सिङको युआनको बढ्दो प्रभावबारेको प्रक्षेपण चीनको वित्तीय अवस्थामा रहेको खुकुलोपनलाई हेरी गरिएको हो ।

चीनले पछिल्लो समय वैदेशिक लगानीलाई भित्राउन शेयर बजार तथा प्रतिज्ञा पत्र बजारमा विभिन्न कदमहरू चालेको छ । यसका लागि व्यापारलाई फैलाउने र समुद्रपारको लगानीलाई ठूलो मात्रामा भित्राउने नीति चीनको रहेको छ । “चीनले लिएको वित्तीय सुधारको मार्गले लगानीकर्तालाई चिनियाँ सामानबारे थप विस्वस्त तुल्याउनेछ,” उनले थपे ।

सिङले यो पनि प्रक्षेपण गरेका छन् कि मुद्रा सञ्चितिमा आफ्नो अवस्थालाई आगामी दुई बर्षभित्रै मजबुत पारिसक्नेछ र यसबाट मूलधन प्रबाहमा चीनको पूँजी बजारलाई विस्तार गर्नेछ ।

Advertisement

Advertisement

Advertisement