कृषि विकास बैंकको छ प्रतिशत बोनस सेयरमा मूल्य समायोजनपछि कतिमा खुल्यो कारोबार ?

Advertisement

काठमाडौं।  कृषि विकास बैंकको छ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबार मूल्य समायोजनपछि प्रतिकित्ता तीन सय १४ रुपियाँ १५ पैसालाई आधार मानेर बैंकको सेयर कारोबार  खुलेको छ । यसको औसत आधार मूल्य भने ३७३ रुपैयाँ ५८ पैसा छ ।

बैंकले चैत १५ साधारण सभा प्रयोजनका लागि बैंकले आइतबारदेखि बुक क्लोज गरेको हो । सभामा बैंकले सेयरधनीलाई २१.५३ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ।  जसमध्य ६ प्रतिशत बोनस सेयर र १५ दशमलव ५३ प्रतिशत नगद लाभांश दिने बैंकले जनाएको छ ।साधारण सभाबाट लाभांश प्रस्ताव पारित भएपछि वितरण प्रक्रिया सुरु हुनेछ ।

हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २८ रुपैयाँ २५ पैसा रहेको छ ।

Advertisement

Advertisement

Advertisement