ग्लोबल आइएमईको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

Advertisement

काठमाडौं । ग्लोबल आइएमईको १५ लाख इकाई ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ । बैंकले पाँच वर्ष अवधिका लागि १० दशमलव २५ प्रतिशत व्याजदरमा १५ लाख इकाई ऋणपत्र निष्काशन गरेको हो ।

फागुन १५ गतेदेखि निष्काशन भएको ऋणपत्रमा फागुन १९ गतेसम्म आवेदन दिन सकिने जनाइए पनि यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेपछि अब चैत्र १४ गते सम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ।

कुल १५ लाख इकाई ऋणपत्रमध्ये ५ लाख ९७ हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसका लागि लगानीकर्ताले प्रतिइकाई एक हजार रुपियाँका दरले न्यूनतम २५ देखि ७५ हजार इकाईसम्म आवेदन दिन सक्नेछन् ।

सी–आस्वाको माध्यमबाट आवेदन दिनुपर्नेछ । यो ऋणपत्रको नाम ग्लोबल आईएमई बैंक डिवेञ्चर २०८०/ ८१ रहेको छ ।

Advertisement

Advertisement

Advertisement