फेवातालमा प्याराग्लाइडिङ खस्दा पाइलटको मृत्यु

Advertisement

काठमाडौं । सारङकोटबाट उडेको एउटा प्याराग्लाइडिङ फेवातालमा खस्दा प्याराग्लाइडरको मृत्यु भएको छ । घाइतेलाई उद्धार गर्री मेट्रो सिटी अस्पतालमा लैजाँदा रोमानीयाका सोलो पाइलट इवी सिजरको उपचारका क्रममा मृत्यु भएको हो।

कास्की प्रहरीका डिएसपी रवीन्द्र गुरुङका अनुसार सराङकोटबाट उडेका उनी ल्याण्ड गर्ने क्रममा दुर्घटनामा परेका थिए । दुर्घटनामा परेका उनलाई तत्कालै उपचारको लागि अस्पताल लगिएको थियो। उनले ब्लु स्काइ प्याराग्लाइडिङबाट उडान गरेका थिए।

Advertisement

Advertisement

Advertisement