त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुनसहित दुई पक्राउ

Advertisement

काठमाडौं । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर रानालाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले तामाङलाई सात लाख ५१ हजार ९३५ रुपियाँ मूल्य बराबरको २४९ ग्राम र रानासँग पाँच लाख २६ हजार १८५ रुपियाँ मूल्य बराबरको २०९ ग्राम सुनसहित पक्राउ गरेको जानकारी दिए । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement