व्यक्तिगत डाटा चोरी गरेको भन्दै टिकटकलाई  ५७ करोड जरिवाना

Advertisement

एजेन्सी । संसारमै सबैभन्दा बढि डाउलोड गरिएको एप टिकटकलाई अमेरिकामा अहलेसम्मकै सबैभन्दा धेरै जरिवाना लागेको छ ।

अवैधानिक रुपमा बच्चाहरुको व्यक्तिगत सूचना संकलन गरेको आरोपमा टिकटकले ५७ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ । टिकटकले अबदेखि १३ वर्षभन्दा कम उमेरका बालबालिका प्रयोगकर्ताको गोपनियता सम्बन्धमा नयाँ व्यवस्था पनि लागू गर्नुपर्नेछ ।

अमेरिकाको संघीय व्यापार आयोगले बच्चाहरुको अनलाइन प्राइभेसी सुरक्षा उल्लङघन गरेको आरोप लगाएको छ । आयोगले बालबालिका सम्बद्ध सामाग्रीहरु हटाउन टिकटकलाई आदेश दिएको छ । अबदेखि अमेरिकामा टिकटक प्रयोगकर्ताले यस एपमा लगइन गर्नका लागि आफ्नो उमेर प्रमाणित गर्नुपर्नेछ ।

टिकटकले भने प्रयोगकर्ताको सुरक्षा तथा गोपनियतालाई आफुले गम्भीर रुपमा ख्याल गरेको बताउँदै यसमा आफु प्रतिबद्ध रहेको र सुरक्षाका विधिहरुलाई विस्तार गर्दै लगेको जनाएको छ। अमेरिकी संघीय व्यापार आयोगका अनुसार म्युजिकली एपका अमेरिकी प्रयोगकर्ताको संख्या ६ करोड ५० लाख थियो । त्यसको ठूलो हिस्सा कम उमेरका बालबालिकाको रहेको थियो ।

आयोगले गरेको अनुसन्धानका क्रममा म्युजिकली एपमा पूराना प्रयोगकर्ता मध्ये ठूलो संख्यामा १३ वर्षमुनिका रहेको पाइएको छ ।आयोगले कुनैपनि बालबालिकाले टिकटक प्रयोग गरेको पाइएमा त्यसबारेमा उनीहरुका अभिभावकलाई जानकारी गराउन तथा बालबालिकाको डाटा कसरी संकलन गरिन्छ र प्रयोग गरिन्छ भन्ने विषयमा सजग हुन समेत टिकटलाई आदेश दिएको छ ।

टिकटक सन्२०१८ मा सबैभन्दा धेरै डाउनलोड भएको एप बनेको छ

Advertisement

Advertisement

Advertisement