भरतमोहनलाई छोरीहरुले दिए दागबत्ति

Advertisement

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भरतमोहन अधिकारीलाई उनकै छोरीहरुले दागबत्ति दिएका छन् । पशुपति आर्यघाटमा भएको अन्त्यष्टिमा तीन छोरीहरुले स्वर्गीय अधिकारीलाई छोरीहरु लुना, लिमा र लिजाले दागबत्ति दिएका हुन् ।

राजकीय सम्मान दिए मन्त्रिपरिषदको निर्णयअनुसार रक्षामन्त्री ईश्वर पोखरेलले स्वर्गीय अधिकारीको पार्थिक शरिरमा राष्ट्रिय झण्डा ओडाए । अन्त्यष्टिअघि उनको शबयात्रा गरिएको थियो भने । आजै बिहान अधिकारीलाई श्रद्धान्जलीका लागि नेकपाको पार्टी कार्यालयमा राखिएको थियो ।

८२ बर्षीय अधिकारीको ह्याम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको थियो ।

Advertisement

Advertisement

Advertisement