नेपाल बङ्गलादेश बैंकको वृक्षारोपण कार्यक्रम

Advertisement

काठमाडौं । नेपाल बङ्गलादेशल बैंकले गौशाला, पशुपति मन्दिर परिसरमा (गौशाला चोक देखि उत्तर तर्फको बाटो देखि भुवनेश्वरी चोक सम्म) वृक्षारोपण गरेको छ । बैंकले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा टेवा पुर्याउने उदेश्यले उक्त क्षेत्रमा विभिन्न बहुमुल्यप्रजातीका रुखहरुको वृक्षारोपण गरेको हो ।

उक्त कार्यक्रमको औपचारिक समुद्घाटन पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना लगायत बैंकका संचालकहरुद्वारा संयुक्त रुपमा मिति फाल्गुण १९ मा गरिएको थियो । बैंकले उपयुक्त स्थान छनौट गरी सम्बन्धित संस्था तथा निकायहरुको सहकार्यमा वृक्षारोपण गर्दै आईरहेको  बैंकले जनाएको छ।

साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement