सरकारले सूचना निकालेर भन्यो-सामाजिक सञ्जाल बन्द हुने कुरा हल्ला मात्रै हो

Advertisement

काठमाडौं।  नेपाल सरकारले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल बन्द हुने भ्रामक सुचनाको पछि नलाग्न अनुरोध गरेको छ ।

केही व्यक्तिले सरकारी लोगो र छापको दुरुपयोग गरेर सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल बन्द हुने हल्ला चलाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

झुटा सूचना फैलाउनेहरुलाई कारबाहीको प्रक्रिया सुरु भैसकेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले झुटा समाचारमा लाइक र सेयर नगर्न पनि सबैलाई अनुरोध गरेको छ ।

Advertisement

Advertisement

Advertisement