नेपालको आन्तरिक तयारी फितलो हुँदा साग खेलकुदको मिति तेस्रो पटक सर्यो

Advertisement

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)को तेह्रौं संस्करण आउँदो डिसेम्बर १ देखि १० सम्मलाई तय गरिएको छ । नेपालले आयोजनाको जिम्मा लिएको यस प्रतियोगिता यसअघि नै सम्पन्न हुनुपर्ने भए पनि भौतिक पूर्वाधारलाई देखाउँदै नेपाल आफैले पछाडि धकेल्दै आएको थियो ।

अहिले तय गरेको मिति तेस्रो पटक हो । यसअघि दुई पटक साग खेलको मिति सार्ने काम भइसकेको छ । थाइल्यान्डको बैंककमा शनिबार सम्पन्न दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले नेपालको आग्रहअनुसार तेह्रौं सागको मिति सार्ने काम गरेको हो ।

बैंककमा जारी ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)को बैठकका क्रममा दक्षिण एसियाली ओलम्पिक काउन्सिलले साग खेलकुदको मिति तेस्रो मिति तय गरिएको हो ।

सरकारले समयमै बजेट उपलब्ध नगराउँदा भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएको कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सागको मिति सानुपर्ने निष्कर्ष निकालेपछि काउन्सिलले यसै बर्षको डिसेम्बरसम्मलाई मौका दिएको हो ।

हरेक दुई बर्षमा हुनुपने साग खेलकुद यसअघि नै २०१८ मा सम्पन्न भइसक्नुपर्नेमा नेपालको आन्तरिक समस्याका कारण ढिलो भएको हो । यसअघि सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा १२औं साग सम्पन्न भएको थियो । पटक पटक मिति सार्दा नेपालको छवीमै दाग लाग्ने अवस्था सिर्जना हुनुका साथै खेल आयोजना गर्ने अवसरबाट नै मुलुक बन्चित हुने चिन्तासमेत बढ्दै गएको छ ।

Advertisement

Advertisement

Advertisement