अपरपराजुली खोला वैशाखभित्र राष्ट्रिय प्रसारणमा जोडिने

Advertisement

काठमाडौं । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको अपरपराजुली खोला बैशाखभित्र राष्ट्रिय प्रसारणमा जोडिने भएको छ । 'अपर पराजुली खोला (२.१५) मेगावाट जलविद्युत आयोजना’ अन्तिम चरणमना पुगेको छ। यो ५५ करोड रूपियाँको लागतमा निर्माण भईरहेको आयोजनामा वैशाखभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो।

कम्पनीका परियोजना प्रमुख इञ्जिनीयर चित्रलाल विश्वकर्माले आगामी वैशाखभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको बताए ।

उक्त विद्युत आयोजना निर्माणमा एभरेष्ट बैंक, सिद्धार्थ बैंक र मेगा बैंकको ७० प्रतिशत र शेयर सदस्यको ३० प्रतिशत लागतमा निर्माण भईरहेको छ ।

विद्युत प्राधिकरणसँग सुक्खा मौसममा प्रतियुनिट ८.८० रूपियाँ र वर्षातको समयमा ४.८० रूपियाँका दरले खरीद बिक्रीको सम्झौता गरेको छ । उक्त कम्पनीले विद्युत उत्पादनका लागि दुई हजार ७०० मिटर कुलो निर्माण गरी एक हजार ४४० मिटर पाइपलाइन तल झार्ने जनाएको छ ।

आयोजनाबाट वार्षिक ६ करोड ६१ लाख ४५ हजार रूपियाँ आम्दानी हुने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement