एक हजार एक ग्राहक पुर्याउन सफल ‘सिभिल होम्स’को घोषणा– अब एक लाख एक पुर्याउँछौं

Advertisement

काठमाडौं । हाउजिङ क्षेत्रको परिचित नाम ‘सिभिल होम्स’ले एक हजार एक जनालाई आफूले निर्माण गरेका घर तथा अपार्टमेन्ट बेच्न सफल भएको छ । सोही अवसरमा आइतबार आयोजित कार्यक्रममा सिभिल होम्सका प्रमुख इच्छाराज तामाङले यस्ता ग्राहकहरुको संख्या एक लाख एक पुर्याउने घोषणा गरे ।

तामाङले संसदमा विचाराधिन सहरी विकास ऐन आएसँगै निजी क्षेत्रले पनि टाउन (शहर) विकास गर्ने बाटो खुल्ने बताउँदै त्यससँगै आफूहरुले ग्राहक संख्या एक लाख एक हजार पुर्याउन काम अघि बढाउने बताए ।

उनले एक लाख एक हजार ग्राहक पुर्याउन कुनै कठिनाई नरहेको बताए । तामाङले विभिन्न फेजमा फरक फरक ठाउँमा निर्माण गरेका परियोजनाहरु जोड्ने हो भने एउटा टाउन सरह नै हुने भन्दै सहरी विकास ऐन आएसँगै व्यवस्थित र सुविधासम्पन्न टाउन निर्माणका लागि काम अघि बढाउने बताए ।

उनले आफूहरुले निर्माण गरेका हाउजिङ र अर्पाटमेन्टहरुमा बस्नेहरु सन्तुष्ट रहेको उदाहरण दिँदै सिभिल ग्रुपका सबै कम्पनीहरुले कर्पोरेट गर्भन्यास सिस्टमअनुसार काम गर्ने गरेको बताए । तामाङले आफूहरुको अनुभव र क्षमताका आधारमा आन्तरिकरुपमा बढिरहेको माइग्रेसनलाई व्यवस्थित गर्नेगरी विभिन्न ठाउँहरुमा आधुनिक शहरहरुको विकास गरिने बताए ।

कार्यक्रममा कम्पनीले विभिन्न फेजमा बसोबार गर्ने सिभिल होम्सका उत्कृष्ट ग्राहक र १००१औं ग्राहकलाई सम्मान गरेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयविक्रम शाहले घर भनेको मानिसको जीवनका हरेक पक्षसँग जोडिएको हुन्छ भन्दै सिभिल होम्सका घरहरु गुणस्तरीय रहेको, पारिवारिक तथा शान्त वाताबरणका कारण उनीहरु सन्तुष्ट रहेको बताए ।

सिभिल ग्रुपअन्तर्गत सिभिल सेभिङ (सहकारी), सिभिल होम्स, सिभिल बैंक, सिभिल स्टेट्स, सिभिल आरएमसीलगायतका डेढ दर्जन संस्था एवं कम्पनी रहेका छन् ।

Advertisement

Advertisement

Advertisement