एसियन लाइफको ६० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने भोलि अन्तिम दिन

Advertisement

काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले ६० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने भोलि (मंगलवार) अन्तिम दिन रहेको छ।  कम्पनीले एक बराबर छ को अनुपातमा ७५ लाख ४० हजार तीन सय ४२ दशमलव ७३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यस हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

कम्पनीले उक्त हकप्रद बिक्री गर्न फागुन २२ गते बुक क्लोज गर्ने भएको छ । फागुन २१ गतेसम्म कायम सेयरधनीले यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

एसियनले बिमा समितिले तोकेको न्यूनतम दुई अर्ब रुपियाँ चुक्ता पुँजी पुर्याउन हकप्रद बिक्री गर्न लागेको हो । हाल यसको चुक्ता पुँजी एक अर्ब २५ करोड ६७ लाख २५ हजार रुपियाँ छ । हकप्रद बिक्रीपछि पुँजी दुई अर्ब एक करोड भन्दा बढी हुनेछ ।

Advertisement

Advertisement

Advertisement