एसटी कम्पनीले ६९ करोड ८० लाख रुपियाँको रेटिङ गरायो

काठमाडौं। एसटी प्राइभेटले प्रतिस्पर्धी थपिएपछि जोखिम बढेकाले ६९ करोड ८० लाख रुपियाँको ऋणको रेटिङ गराएको छ। नेपाल राष्ट्र बैंकले ५० करोड रुपियाँ भन्दा माथिको ऋणको लागि अनिवार्य रेटिङ गर्नुपर्ने नियम ल्याएसँगै कम्पनीले लिइसकेको ऋणको रेटिङ गराएको हो।

केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार कम्पनीले मध्यम किसिमको जोखिम जनाउने दीर्घकालिन ऋणको लागि केयर एनपि डवल वि र अल्पकालिन ऋणको लागि केयर एनपि ए थ्री प्राप्त गरेको छ।

कम्पनीले तीन करोड ५ लाख रुपियाँको अल्पकालिन ऋण र ६६ करोड ७५ लाख रुपियाँको दीर्घकालिन ऋणको लागि रेटिङ गराएको हो। कम्पनीले उक्त कर्जा बैंकहरुबाट लिइसकेको छ।

कम्पनीले काठमाण्डौ, वीरगंज, बुटवल र विराटनगरबाट आयातित कच्चा पदार्थ बिक्री गर्दै आएको छ। जम्मा आयातको ९० प्रतिशत भारत र बाँकी १० प्रतिशत अन्य देशबाट ल्याउने गरेको छ। कम्पनीले गत आर्थिक वर्ष आफ्नो आम्दानी १५ प्रतिशतले बढाएर ८९ करोड ८० लाख रुपियाँ आर्जन गरेको थियो। जवकी अघिल्लो वर्ष कम्पनीले ४० प्रतिशतले आम्दानी बृद्धि गरेर एक अर्ब २५ करोड रुपियाँ आम्दानी गरेको थियो। गत वर्षको खुद नाफा भने २३ लाख १० हजार रुपियाँ रहेको छ।

कम्पनीले विदेशबाट बेकरी, मिठाइ, चाउचाउ, पेय पदार्थ लगातयका खाद्य बस्तुका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्दै आएको छ। पछिल्लो समय कम्पनीले केवल इन्टरनेटको तार आयात गर्दै आएको छ। बैंकको उच्च व्याजदर तथा बजारमा थप प्रतिस्पर्धी आउदा कम्पनीको बिक्रीमा भारी गिरावट आउँदा आम्दानीमा पनि असर गरेको हो।