दोलखामा वित्तिय साक्षरता फैलाउँदै प्राइम बैंक

Advertisement

काठमाडौं।  प्राइम कमर्सियल बैंकले दोलखामा वित्तिय साक्षरता कार्यक्रम संचालन गरेको छ । प्रदेश नं. ३ दोलखाको जिरी नगरपालिका, जिरी उद्योग बाणिज्य संघ र प्राइम कमर्सियल बैंकको संयुक्त आयोजनामा नगरपालिका कर्मचारी र उद्योग बाणिज्य संघका सदस्यहरुलाई बित्तिय साक्षरता प्रदान गरिएको हो ।

कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले समसामयिक बैंकिङ्ग अबस्था, चुनौती, समाधानका उपाय एवं अबसरका बारेमा स्पष्ट पारे । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले बैंकिङ साक्षरता कार्यक्रम अन्तर्गत बैंक तथा बित्त सम्बन्धी ज्ञानबद्र्धक प्रस्तुति दिए ।

उक्त कार्यक्रममा जिरी नगरपालिकाका मेयर टंक जिरेल, जिरी उद्योग बाणिज्य संघका अध्यक्ष गेल्बु शेर्पा लगायत समाजका अन्य ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement