‘क्याप्टेन’ को तीन दिनको कमाई दुइ करोड ४० लाख

Advertisement

काठमाडौँ । सुपरस्टार अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ ले तीन दिनमा दुई करोड ४० लाख ग्रस कमाउन सफल भएको छ ।

शुक्रवारबाट प्रदशर्नमा आएको फिल्म ओपनिङ सो औसत रहेपनि दिउँसो २ बजेबाट फिल्मले पिकअप लिएको थियो । शनिबारको बक्सअफिस भने आक्रामक रह्यो । दुई दिन हलमा अनमोलको गजबको स्टारडम देखिएको थियो । देशैभर पहिलो दिन ६५ लाख कमाएको फिल्म ‘क्याप्टेन’ ले दोस्रो दिन शनिबार पहिलो दिनको तुलनामा दोब्बर कलेक्सन गरेको छ । शनिबार फिल्मले एक करोड २५ लाख कमाई गरेको थियोे भने तेस्रो दिन आइतबार ५० लाखको व्यापार गरेको थियो।

फुटबलमा देशलाई गोल्ड मेडल जिताउने पिताको सपना पूरा गर्ने एक छोराको संघर्षको पेरिफेरीमा फिल्म घुमेको छ । अनमोल फुटबल खेलाडी इशानको भूमिकामा छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । भने, सरोज खनाल, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, सुनिल थापालगायतका कलाकारहरुको पनि अभिनय छ । यसलाई भुवन केसीले बनाएका हुन् ।

Advertisement

Advertisement

Advertisement