नेपाल इन्सुरेन्सको ६५ प्रतिशत हकप्रद सेयर आजबाट बिक्री खुल्ला

Advertisement

काठमाडौं । नेपाल इन्सुरेन्सले आज (मंगलवार)देखि ६५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । एक सय रुपियाँ अंकित मूल्यलाई आधार मानेर कम्पनीले ४० लाख १४ हजार ६५१ दशमलव ५८ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

एक बराबर शुन्य दशमलव ६५ अनुपातको यस हकप्रदमा माघ २५ गतेसम्म कायम सेयरधनीले भर्न  सक्ने सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

चैत्र २५ गतेसम्म आवेदन दिन सकिने यस सेयरमा ग्लोबल आइएमई क्यापिटल, नेपाल इन्सुरेन्सको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र सी–आस्वाको सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement