पोखरामा फेरी प्याराग्लाइडिङ दुर्घटना, एक रसियन नागरिकको मृत्यु

Advertisement

पोखरा  । पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक रसियन नागरिकको मृत्यु भएको छ । पोखराको सराङकोटबाट उड्ने क्रममा दुर्घटनामा परेका उनको मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बैदाम प्रहरी कार्यालयका प्रमुख कोमल शाहले जानकारी दिए ।

सोमबार पनि माछापुच्छ्रे गाउँपालिका–९ ठाँटीमा पोर्चुगलका एक विदेशी प्याराग्लाइडिङ पाइलट करेन्ट लाग्दा भूइँमा झरेका थिए भने अर्का रसियन पाइलट मादी गाउँपालिका–७ छाचोकमा रुखमा अड्किएका थिए । आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए ।

Advertisement

Advertisement

Advertisement