गण्डकी धौलागिरी पेट्रोलियम डिलर र ‘आइएमई पे ’ वीच सम्झौता

Advertisement

पोखरा । धौलागिरी अञ्चल अन्तर्गतका विभिन्न जिल्लाहरूमा सञ्चालित पेट्रोल पम्पहरूमा अवदेखि पेट्रोलको भुक्तानी विद्युतीय कारोबार ‘आइएमई पे’ बाट गर्न सकिने भएको छ ।

मंगलवार पोखरामा आयोजित एक कार्यक्रमकावीच सो सम्बन्धि सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनका तर्फबाट अध्यक्ष राजन गोंगजुले हस्ताक्षर गरे । दुई वर्षसम्म कायम हुने गरी उक्त विषयमा सम्झौता भएको हो ।

अध्यक्ष गोंगजुले ‘आइएमई पे’ सँगको सहकार्यबाट पेट्रोलको भुक्तान विद्युुतीय माध्यमबाट गर्न पाउँदा खुशी लागेको बताए ।

झन्डै २० हजार एजेण्ट आउटलेट संजाल भएको ‘ आइएमई पे ’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो र आईएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको छ ।

आईएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement