राजश्व छली गर्ने सद्दाम हुसेनसहित दजनौंविरुद्ध मुद्दा (को को परे ? हेर्नुहोस)

rajaswo

काठमाडौं । राजश्व अनुसन्धान विभागले राजश्व छली गर्ने सद्दाम हुसेन अन्सारीसहित दर्जनौं व्यापारीहरुको फर्मविरुद्ध मुद्दा दायर गरेको छ । विभागले २८ वटा यस्ता व्यापारिक फर्महरुविरुद्ध एक अर्ब रुपियाँको बिगोसहित मुद्दा दायर गरेको हो ।

विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार झुट्टा तथा नक्कली सामान बिक्री गरी राजश्व छली गर्ने सद्दाम हुसेन अन्सारी, जयकिशोर साह, परमेश्वर साहलगायतका व्यक्तिहरुको व्यापारिक फर्मविरुद्धकाठमाडौं अदालतमा मुद्दा दर्ता गरिएको हो ।

उनीहरुले मूल्य अभिवृद्धि कर (भ्याट)को झुट्टा तथा नक्कली कर विजकको प्रयोग गरी राजश्व चुहावट गरिएको जनाइएको छ । त्यसमध्ये कतिपयलाई पक्राउ पनि गरिएको छ । राजश्व छली गर्नेमा विदेशी विनिमय अपचलन तथा हुण्डीकार गर्ने, सुनको अवैध कारोबार गर्ने पनि छन् ।