आइएमई जनरल इन्सुरेन्सको एक लाख कित्ता सेयर आजदेखि लिलामीमा

Advertisement

काठमाडौं। आइएमई जनरल इन्सुरेन्सले आज (बुधबार) देखि एक लाख दुई हजार तीन सय ६४ कित्ता सेयर लिलामीमा बिक्री भएको छ।

न्यूनतम एक सय रुपियाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने यस सेयरमा लगानीकर्ताले एक सय कित्तादेखि माथि सबै कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीले यसअघि पुस १७ देखि माघ २१ गतेसम्म हकप्रद खुला गर्दा बिक्री नभएको संस्थापक समूहको एक हजार पाँच सय ९८ कित्ता र सर्वसाधारण समूहको एक लाख सात सय ६६ कित्ता सेयर अहिले लिलामीमा ल्याएको हो   ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल काठमाडौंबाट सयेर लिलामी भर्न पाउनेछन् । ग्लोबल आइएमई बैंकको वीरगञ्ज, हेटैडा, बुटवल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी र पोखरा आवेदन दिन सक्नेछन् । यस लिलामीमा फागुन ३० गते अपराह्न ३ बजेसम्म लगानीकर्ताले आवेदन दिन पाउने छन्।

Advertisement

Advertisement

Advertisement