सुनको मूल्य घट्यो, आज दुई महिना यताकै सस्तो

Advertisement

काठमाडौं । साताको चौथो दिन आज बुधवार पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार प्रतितोला ६१ हजार एक सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तीन सय रुपियाँले घटेर ६० हजार सात सय रुपियाँमा कारोबार भएको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोलामा ६० हजार चार सय रुपियाँमा कारोबार भएको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५२ हजार ४० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५१ हजार सात सय ८५ रुपियाँ कायम गरेको छ ।

त्यसैगरी केहि दिनदेखि चाँदीको मूल्य पनि घटेर सात सय ४० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ३४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement