शिवमको आइपीओ बाँडफाँड, स्थानीयले मागे अनुसार पाए

Advertisement

काठमाडौं।  शिवम सिमेन्टको आईपिओ बाँडफाँड भएको छ। कम्पनीले कूल ८ लाख ८० हजार कित्ता शेयर स्थानीय बासिन्दाका लागि निष्काशन गरेकोमा एक हजार आठ सय ९७ आवेदकले माग अनुसार नै शेयर प्राप्त गरेका छन् । जसमा स्थानीयले १५ कित्तादेखि एक लाख १५ हजार कित्तासम्म माग गरेका थिए ।

स्थानीय तर्फ कूल एक हजार आठ सय ९८ आवेदन परेकामा एक सय कित्ता माग गर्दै परेको एउटा आवेदन रद्ध भएको थियो । स्थानीयतर्फ ९४ हजार छ सय ९५ कित्ता शेयर अवितरित भएको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यपिटलले जनाएको छ ।

आयोजना प्रभावितका लागि आठ लाख ८० हजार कित्ता शेयर निष्काशन गरिएकोमा एक हजार ८९७ आवेदकलाई ७ लाख ८५ हजार ३०५ कित्ता शेयर बाँडफाँड भएको हो । स्थानीय तर्फ आवेदन नपरेकोले बाँकी ९४ हजार ६९५ कित्ता शेयर सर्वसाधारणलाई थपेर वितरण गरिएको छ ।

Advertisement

Advertisement

Advertisement