आईएमई लाइफको सञ्चालकमा दिपक पोख्रेल नियुक्त

Advertisement

काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्सको सञ्चालक समितिमा संस्थापक शेयरधनीका तर्फबाट दिपक शर्मा पोख्रेल नियुक्त भएका छन् । उनले एक्रस मनि ट्रान्सफरको तर्फबाट प्रतिनिधित्व गरेका थिए।

गत मंगलबार एक कार्यक्रमका बिच पोख्रेललाई सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत गरेका छन। उनले यस अघि समेत यस कम्पनीको सञ्चालक समितिमा रही काम गरेका थिए।

यस अघि कम्पनीको प्रतिनिधित्व इश्वरकुमार कार्कीले गर्दै आएका  थिए । सो कार्यक्रममा सञ्चालक इश्वरकुमार कार्कीलाई बिदाई समेत गरिएको हो ।

Advertisement

Advertisement

Advertisement