सिटिजन्स बैंकबाट महाकवि देवकोटा माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

Advertisement

काठमाडौं।  सिटिजन्स बैंक इन्टरनेसनलले बर्दियाको गुलरिया (मथुराद्वार) स्थित श्री महाकवि देवकोटा माध्यमिक विद्यालयलाई एक  लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ ।

विद्यालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच उक्त सहयोग रकम प्रदान गरिएको हो । बर्दिया जिल्लाको ज्येष्ठ मा.वी श्री देवकोटा माध्यमिक विद्यालयमा अध्यनरत अत्यन्तै गरिव तथा थारु, मुस्लिम, मधेसी, जनजाती, दलित जातिका करिव १३ सय २५ बालबालिकाहरूको शिक्षाको गुणस्तर वृद्धिका निम्ति उक्त रकमको प्रयोग गरिने कुरा विद्यालयले जानकारी दिएको छ ।

उक्त सहयोगले विद्यालयका महत्वपूर्ण शैक्षिक विकाशका कार्यहरु सम्पन्न गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

आउँदा दिनहरूमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement