टीकापुर घट्नामा रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला

Advertisement

धनगढी । जिल्ला अदालत कैलालीले टीकापुरमा घट्नाका मुख्य योजनाकार मानिएका रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको छ । उच्च तहका समेत गरी सात जना प्रहरी र एक नाबालकको हत्या भएको उक्त घटनामा अदालतले यस्तो फैसला गरेको हो ।

रेशम चौधरीलाई केही समयअघि संसदमै बोलाएर साँसदको सपथ पनि खुवाइएको थियो । उनले आफू उक्त घट्नामा निर्दोष रहेको जिकिर गर्दै आएका थिए । उनलाई जेलमुक्त गर्न केही मधेसी तथा जातिय संगठनले दबाब दिएपछि सरकारले छोड्ने तयारी पनि गरेको थियो । तर प्रहरी संगठनबाटै त्यसप्रति असन्तुष्टि आएपछि सरकार पछि हटेको थियो ।

Advertisement

Advertisement

Advertisement