'सीबीआरआइ'ले शैक्षिक संस्थाको पुननिर्माणमा प्राविधिक सहयोग गर्ने

Advertisement

काठमाडौं । भारतीय राजदुतावास, काठमाडौं र सीबीआरआइ (द सेन्ट्रल ब्युल्डिङ रिसर्च ईन्स्टिच्युट), रुर्की, इन्डियाबीच नेपालका ७२ वटा शिक्षा संरचनामा भूकम्प पछिको पुननिर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सीबीआरआइको १५ अर्व अमेरिकी डलरको सहयोगमा पुननिर्माण हुने भएको छ । यसको मुख्य उद्देश्य भनेको भूकम्पमा क्षती भएका नेपालको शैक्षिक भवनलाई पुननिर्माणमा सहयोग पुर्याउनु हो ।

बुधबार आयाजित कार्यक्रममा सम्झौता पत्रमा भारत सरकारको तर्फबाट काठमाडौंमा भारतीय राजदुतावासका उप प्रमुख डा. अजय कुमार तथा सीबीआरआईका समुह डा. पुर्णिमा परिदाले हस्ताक्षर गरेका थिए । सो हस्ताक्षर समारोहमा राष्ट्रिय पुननिर्माण पा्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा नेपालका लागि भारतीय राजदुत मञ्जीव सिहंं पुरीलगायतको उपस्थिती थियो ।

सीबीआरआईले नेपाल सरकारको विपद् उत्थानशील पुननिर्माण निर्देशिका अनुरुप शैक्षिक संरचनाको पुननिर्माणरुरेट्रोफिट गर्न शिक्षा मन्त्रालयको आयोजना कार्यन्वयन इकाईसँग कार्य गर्ने जनाएको छ । यस संस्थाले गोर्खा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप तथा सिन्धुपाल्चोक गरी सात जिल्लाका ७० वटा उच्च माध्यमिक विद्यालयका साथै त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालय तथा पाटनको राष्ट्रिय पुस्तकालयको पुननिर्माणका लागि डिजाईन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्ने जानकारी दिएको छ ।

भारतीय राजदुतावास, काठमाडौं पुननिर्माण प्रभागका प्रमुख सुचिता किशोर तथा तथा केन्द्रिय आयोजना कार्यान्वयन इकाईका परियोजना निर्देशक इमा नारायण श्रेष्ठले गोर्खा तथा नुवाकोटका आठ विद्यालयको परियोजना विशिष्ट सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सीबीआरआई भारतको निर्माण सामाग्रि, संरचना तथा प्रकोप न्युनीकरण जस्ता क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने भारतको एक प्रमुख राष्ट्रिय प्रयोगशालाको रुपमा परिचित रहेको जनाईएको छ ।

Advertisement

Advertisement

Advertisement