सनराइजको क्यास ब्याक योजनामा पाँच सय रुपियाँदेखि एक हजारसम्म फिर्ता

Advertisement

काठमाडौं।  सनराइज बैंकले नगद फिर्ता (क्यास ब्याक) योजना लागु गरेको छ । भिसासँगको सहकार्यमा आफ्ना सम्पूर्ण डेविट तथा क्रेडिट कार्डको कारोबारमा पाँच सय रुपियाँदेखि एक हजार रुपियाँसम्म क्यास ब्याक योजना लागु गरेको बैंकले जनाएको छ ।

बैंकको कुनै पनि ग्राहकले डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि पीओएस वा अनलाइन मार्फत कारोबार गरेमा पाँच सय रुपियाँदेखि एक हजार रुपियाँसम्म नगद महिनाको अन्त्यमा ग्राहकको खातामा जम्मा गरिदिने बैंकले जनाएको छ ।

मासिक पाँच हजार रुपियाँदेखि १० हजार रुपियाँसम्मको कारोबारमा पाँच सय रुपियाँ, मासिक १० हजार रुपियाँदेखि १५ हजार रुपियाँसम्मको कारोबारमा सात सय ५० रुपियाँ र १५ हजार रुपियाँभन्दा माथिको कारोबारमा एक हजार रुपियाँ क्यास ब्याक दिइने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement