'रेशमलाई जन्मकैद हुने प्रचण्ड र ओलीलाई किन नहुने ?'

Advertisement

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले रेशम चौधरीलाई जन्मकैद भएकोप्रति आपत्ति जनाएका छन् । उनले आफ्नो पार्टीको तर्फबाट निर्वाचित साँसद चौधरीलाई राजनीतिक मुद्दामा जन्मकैद गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

कैलाली जिल्ला अदालतले चौधरीसहित ११ जनालाई टीकापुर घट्नाको दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएपछि महतोले संसदमै पत्रकार सम्मेलन गरे देशमा अब राष्ट्रिय विद्रोह हुने चेतावनी दिए ।

उनले चौधरीलाई जन्मकैद गर्ने हो भने नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, केपी ओलीदेखि गिरिजाप्रसाद कोइरालासम्मलाई हुनुपर्छ भन्दै अदालतको फैसलाले आफूहरुलाई गम्भीर बनाएको बताए । उनले अब थारु, जनजाति, मधेसी मिलेर विद्रोह गर्ने चेतावनी दिए ।

रेशम चौधरी थरुहट आन्दोलनकारी भएको महतोको तर्क छ । आन्दोलनकारीलाई जन्मकैद हुने भए अहिलेका शीर्ष नेताहरुलाई किन सजाय भएन ? भन्दै उनले प्रश्न गरे । महतोले भने, ‘आन्दोलनकारीलाई जन्मकैद हुने हो भने प्रचण्डलाई जन्मकैद किन भएन ? ओलीलाई जन्मकैद किन भएन ? गिरिजाप्रसादलाई किन भएन ?

उनले अदालतको फैसलाविरुद्ध संघर्ष गर्ने पनि बताए । अदालतले अन्याय गरेको महतोको तर्क छ । उनले भने, ‘रेशम चौधरीलाई जन्मकैदको कुरा हामीले स्वीकार गर्न सक्दैनौं, यो हुन सक्दैन। यो सरासर अन्याय, अत्याचार हो।’

Advertisement

Advertisement

Advertisement