‘सार्वजनिक–निजी साझेदारी तथा लगानी’लगायतका आर्थिक विधेयकहरु संसदमा

Advertisement

काठमाडौं । प्रनितिधिसभाको बुधबारको बैठकमा विभिन्न क्षेत्रसँग सम्बन्धित विधेयकहरु प्रस्तुत गरिएका छन् । बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक, २०७५’ प्रस्तुत गरे । यसअघि उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालद्धारा प्रस्तुत विरोधको सूचनालाई सदनले बहुमतले अस्वीकृत गरेको थियो ।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री खतिवडाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई सदनले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले ‘सेफ गार्डस् एन्टिडम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५’ र ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ प्रस्तुत गरे । उक्त दुवै विधेयकमाथि सांसद सुवालद्धारा प्रस्तुत विरोधको सूचनालाई सदनले बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार फागुन २३ गते मध्याह्न १२ बजे बस्नेछ ।

Advertisement

Advertisement

Advertisement