सुनको मूल्य ओरालो लाग्यो, तोलामा पाँच सय सस्तियो

Advertisement

काठमाडौं । साताको पाँचौँ  दिन आज बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ६० हजार सात सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज पाँच सय रुपियाँले घटेर ६० हजार दुई सय रुपियाँमा कारोबार भएको हो ।

त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोलामा ५९ हजार नौ सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५१ हजार ६ सय १० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५१ हजार तीन सय ५५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, केहि दिनदेखि चाँदीको मूल्य पनि पाँच रुपियाँले घटेर सात सय ३५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य छ सय ३० रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement