नेशनल लाईफ इन्स्योरेन्सको चैत १ गते बुक क्लोज, एजीएम १५ गते

Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा चैत १५ गते हुने भएको छ । जसका लागि बुक क्लोज चैत्र १ गतेदेखि बन्द गर्ने भएको छ । कम्पनीले संचालक समितिको बैठकबाट तिसौं वार्षिक साधारण नेशनल लाईफ भवनमा गर्ने निर्णय भएको हो ।

वार्षिक साधारण सभामा आव २०७३।७४ समाप्त वर्षको वासलातको फांटवारी, आय व्यय हिसाब, नाफा नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, संचालक समितिले प्रस्ताव गरे बमोजिम बोनस शेयर वापतको कर प्रयोजको लागि १ करोड ८८ लाख २७ हजार १० रुपियाँ नगद लाभांश स्विकृत गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीको हालको चुक्ता पुँजीको १३ दशमलव ५ प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव रहेको छ । बोनस शेयर वितरण गर्दा कायम हुन आउने दशमलव पछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने जानकारी दिईएको छ ।

वार्षिक साधारण सभाका लागि बुक क्लोज चैत्र १ देखि चैत्र १५ गतेसम्म बन्द गर्ने भएको छ । उक्त लाभांश फागुन ३० गतेसम्म कायम शेयरधनीले मात्र पाउने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement