काठमाडौं–हेटौडा सुरुङमार्ग बनाउने जिम्मा पाएको पूर्वाधार कम्पनी साधारणसभा गर्दै

Advertisement

काठमाडौं । नेपाल पूर्वाधार विकास कम्पनीले आगामी चैत ९ गते साधारणसभा गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको फागुन २ गते सम्पन्न बैठकले योगाम्बर पार्टी भेन्यू रामशाहपथमा बिहान १० बजे सभा आहवान गरेको हो ।

काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माणको जिम्मा लिएको यस कम्पनीले विशेष सभामा सञ्चालक समितिले हालसम्म गरेका निर्णय अनुमोदन गर्ने, हालको स्थितिलाई समीक्षा गर्दै आगामी कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने, नयाँ सञ्चालक समिति चयन गर्ने लगायतका निर्णय गर्ने जनाइएको छ ।

कम्पनीलाई सुरुङमार्ग निर्माणका लागि २०७० जेठमा सरकारले जिम्मा दिएको थियो । तीन वर्षमा काम सम्पन्न गर्नेगरी उक्त आयोजना निर्माणको अनुमति पाए पनि लगानी जुटाउन नसक्दा र आन्तरिक विवादका कारण अहिलेसम्म काम अघि बढाउन सकेको छैन् । कम्पनीले चिनियाँ एक कम्पनीले लगानी गर्न सहमति जनाइसकेको र चाँडै निर्माणकार्य सुरु हुने बताउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement