सिटिजन लाइफको ६२औँ शाखा चरिकोटमा

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दोलखाको चरिकोटमा शाखा खोलेको छ । कम्पनीले दोलखाबासीलाई बिमा योजनासम्बन्धी जानकारी र बिमा सेवा दिन उक्त शाखा सञ्चालनमा ल्याइएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार अधिकृत कवि फुँयाल र दोलखा क्षेत्र नं. २ प्रदेश सभाका सांसद पशुपति चौलागाईंले उक्त शाखा उद्घाटन गरेका थिए । यो कम्पनीको ६२औं शाखा हो ।

२०७४ कात्तिकदेखि सञ्चालनमा आएको यो कम्पनीले गत पुस मसान्तसम्ममा दुई सय ४५ करोड लगानी गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement