एनसीसीको ब्राण्ड एम्बेस्डरमा आरिफ शेख र रोहितकुमार नियुक्त

Advertisement

काठमाडौं।   नेपाली राष्ट्रिय क्रिकेट खेलाडी आरिफ शेख र रोहितकुमार पौडेललाई नेपाल क्रेडिट एण्ड कर्मस बैंक (एनसीसी)ले दुई वर्षका लागि ब्रान्ड एम्बेस्डर बनाएको छ ।

काठमाण्डौमा बुधबार आयोजना गरिएको एक कार्यक्रममा बैंकले रोहित र आरिफलाई आफ्नो ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।दुवै खेलाडीलाई दुई वर्षसम्म बैकले मासिक २५ हजार रुपैयाँ प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले जानकारी दिए ।

कार्यक्रममा बैक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपाने, प्रमुख कार्यकारी अधिकृत अर्याल, नेपाली टिमका प्रमुख प्रशिक्षक जगत टमाटा र ब्राण्ड एम्बेस्डर आरिफ र रोहितले बै‌ंकको लोगो अ‌ंकित टी सर्ट सार्वजनिक गरेका थिए ।

अबदेखि दुवै खेलाडीले बैंकको प्रमोशन कार्यक्रममा सहयोग गर्नुपर्नेछ । रोहितको यो पहिलो अनुबन्ध हो भने यस अघि आरिफलाई एनआईसी बैंकले दुई वर्षका लागि अनुबन्ध गरेको थियो ।

सञ्चालक समितिका अध्यक्ष न्यौपानेले नेपाली क्रिकेट टिमका उदीयमान खेलाडीद्वय आरिफ र रोहितलाई बैंकको ब्राण्ड एम्बेस्डरको रुपमा आवद्ध गराउन पाउँदा खुशी लागेको बताए । यसैगरी प्रमुख प्रशिक्षक जगत टमाटाले बै‌ंकको यो कार्यले नेपाली क्रिकेटको विकासमा थप टेवा पुग्ने उल्लेख गरे  ।

Advertisement

Advertisement

Advertisement