चीनमा आइफोनको मूल्यमा अझै गिरावट

Advertisement

काठमाडौं । चीनमा आइफोनको बिक्रीमा लगातार गिरावट आएसँगै विक्रेताहरु पटक–पटक आइफोनको मूल्य घटाउन बाध्य भइरहेका छन् । विक्री घटेसँगै विशेष गरी त्यहाँका अनलाइन बिक्रेताहरुले आइफोनको मूल्य घटाइरहेका छन् ।

चीनको अनालाइन बिक्रेता सनिङ्ग डटकमले आइफोन एक्सएसको मूल्यमा १४८।९५ डलर अर्थात् १६ हजार ८ सय रुपियाँ बराबरको रकम घटाएको छ । सनिङ्ग सहित अन्य बिक्रेताहरुले जनवरी महिनामा मात्र आइफोनको अर्को मोडलको मूल्य १९२ डलरले घटाएका थिए ।

चीनको ई–कमर्श कम्पनी पिनडुओडुओले पनि ६४ जीबीको आइफोन एक्सएसको मूल्य १४८।९५ डलर घटाएको छ । त्यस्तै जेडी डटकमले पनि आइफोन एक्सएस र एक्सएस म्याक्स समेत एप्पलको अन्य उत्पादनमा २५३ डलरसम्म छुट दिइरहेको छ। यी कम्पनीहरुले पहिलोपटक एप्पलको उत्पादनमा छुट दिने घोषणा गरेका हुन् ।

विशेषज्ञहरुका अनुसार मूल्य अधिक भएका कारण चीनमा नयाँ आइफोनको बिक्रीमा गिरावट आएको हो। स्थानीय कम्पनी हुवावेको स्मार्टफोनको तुलनामा आइफोन अधिक महङ्गो रहेको छ र यसमा इनोभेटिभ फिचर्स पनि छैन ।

केही दिन पहिले एप्पलका सीईओ टिम कुकले पनि चीनमा नयाँ आइफोनको बिक्री अपेक्षा अनुसार नभएको बताएका थिए। त्यसैले कम्पनीले डिसेम्बर त्रैमासका लागि आम्दानी अनुमान ५।५ प्रतिशतले घटाएको थियो । आम्दानी अनुमान घटाउने घोषणा गरेको अर्को दिन नै एप्पलको शेयर अमेरिकी बजारमा १० प्रतिशतले घटेको थियो ।

Advertisement

Advertisement

Advertisement