गाउँमा प्रहरीको छापा,  गोलीबाट विप्लवका कार्यकर्ता घाइते

Advertisement

कपिलबस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेक्रवित्रम चन्द (विप्लव)को घर रहेको क्षेत्रमा छापा मारेर प्रहरीले हतियारसहित गोली बरामद गरेको छ ।

शिवराज नगरपालिका-९ तुरुन्तापुरमा दुर्गाबहादुर रोक्काको घरबाट दुईथान एसएमजी र एकथान चाइनिज पेस्तोल बरामद गरेको हो ।त्यस्तै, त्यस्मा लाग्ने ४ थान म्याग्जिन, ३ थान गोली, एम १६ मा लाग्ने १ सय २९ थान गोली, ४० मिटर वायरिङ तार र एउटा रिमोर्ट पनि बरामद गरेको छ। नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार बिहान उनको घरमा सर्च गरेका थिए । हतियार बरामद भएपछि भाग्न खोज्दा रोक्का घाइते भएका छन्। प्रहरीले खुट्टा तल गोली प्रहार गरेर उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ।

रोक्का पक्राउ परेपछि उनलाई छुटाउन माओवादी कार्यकर्ताले नेपाल राष्ट्रिय निमाविका विद्यार्थीलाई प्रयोग गरेका थिए। विद्यार्थीहरुले पक्राउ परेका व्यक्ति छाड्न दबाब दिन नाराबाजी गरेका थिए। विद्यार्थी सडकमा उत्रिएपछि प्रहरी पछि हटेको थियो। प्रहरी र विद्यार्थीबीच केही बेर तनाब भएको थियो। प्रहरीले अन्य केही घरहरुमा पनि छापा मारेको बताइएको छ।

एनसेलको टावरमा देश ब्यापीरुपमा आगजनी गरिएपछि गृह मन्त्रालयको आदेशमा छापा मारिएको सुरक्षा श्रोतले जनाएको छ।

 

Advertisement

Advertisement

Advertisement