साना उद्योमीलाई सुलभ कर्जा दिन नबिल र यूके एड सक्षमबीच सम्झौता

Advertisement

 

काठमाडौं । साना तथा मझौला उद्योग (एमएमई)को विकास र यस्ता उद्योगहरुमा वित्तीय पहुँच बढाउने उद्देश्यले नविल बैंक र यूके एड सक्षम कार्यक्रमबीच बिहीबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र सक्षमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरे ।

सोही कार्यक्रममा बैंकले ‘नबिल सजिलो कर्जा’ योजना पनि सार्वजनिक गर्यो । साना तथा मझौला उद्योगलाई लक्षित गरी ल्याइएको यस कर्जा योजना साना व्यवसायीहरुलाई लक्षित गरी ल्याइएको पहिलो साझेदारी योजना भएको बैंकले जनाएको छ ।

यस योजनामा १०.५० प्रतिशत ब्याजदरमा एक करोड ५० लाख रुपियाँसम्म कर्जा प्रवाह हुने जनाइएको छ । साना उद्यमीहरुलाई सहज ढंगले कर्जा दिएर धनी बनाउने यो योजना ल्याइएको प्रमुख कार्यकारी अधिकृत शाहले बताए ।

 

Advertisement

Advertisement

Advertisement