किसान अधिकारसम्बन्धी काठमाडौंमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने

Advertisement

काठमाडौं । काठमाडौंमा फागुन २६ देखि २८ गतेसम्म खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। १० देशका १५ जना विदेशी पाहुनासहित साढे तीन सयले यसमा भाग लिने राष्ट्रिय किसान आयोगले जनाएको छ ।

५० लाख रुपियाँभन्दा बढी खर्चेर आयोजना गर्न लागिएको उक्त कार्यक्रममा विभिन्न विज्ञहरूबाट कार्यपत्र प्रस्तुत गर्ने राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए ।

पछिल्लो समय आयोगले किसानको वर्गीकरणसहित परिचयपत्र तथा योगदानमा आधारित सामाजिक सुरक्षा भत्ता कार्यविधि निर्माणदेखि बढ्दो विषादी र रासायनिक मल मल प्रयोगमा न्यूनीकरण गर्दै प्राङ्गारिक खेतीतर्फ लैजान ठोस सुझाव दिने कामसमेत आयोगले गरेको छ।

Advertisement

Advertisement

Advertisement