आइएमई लाइफ र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता

Advertisement

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच बैंकास्योरन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्सका तर्फबाट सहायक महा प्रबन्धक आशिष सिंह र बैंकका तर्फबाट उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

सम्झौता पश्चात् बैंकका ग्राहकहरुले माछापुच्छ्रे बैंक लिमिटेडको कुनै पनि शाखाबाट आइएमई लाइफ इन्स्योरेन्सको जीवनबीमा गराउनका साथै बीमाका सुविधा प्राप्त गर्न सकिने भएको छ । आइएमई लाइफले हाल ६७ भन्दा बढी शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

Advertisement

Advertisement

Advertisement