नेपाली बजारमा ओप्पोले बजार लिन सकेन्, फेरि मोवाइलको मूल्य घटायो

Advertisement

काठमाडौं । नेपाली बजारमा अपेक्षाअनुसार बजार लिन नसकेको ओप्पो ब्राण्डले फेरि आफ्नो मोवाइलको मूल्य घटाएको छ । यसअघि पनि उसले मोवाइलहरु बिक्री हुन नसकेपछि पटक पटक मूल्य घटाउँदै आएको थियो ।

नेपालमा अझै पनि सामसुङ मोवाइलको बिक्री निकै उच्च रहेको छ । पछिल्लो पटक ओप्पोले आफ्नो स्मार्ट फोन एफ९ को मूल्य घटाएको हो । यसअघि यसको ४१ हजार रुपियाँ मूल्य तोकिएकोमा अब ३७ हजार ९९० कायम गरिएको छ ।

नेपालमा चिनियाँ ब्राण्डका मोवाइलहरुले बजार विस्तार गर्न तीब्र प्रतिस्पर्धा गर्दै आए पनि आफूलाई स्थापित गर्न भने सकेका छैनन् । नयाँ फिचरसहितका मोवाइलहरु ल्याउन सामसुङ र एप्पल निकै अगाडि भएपछि अरु मोवाइल ब्राण्डहरुलाई प्रतिस्पर्धा गर्न कठिनाई भएको हो । एप्पलका आइफोनहरु नेपालमा धेरै बिक्री नहुने भए पनि विशेषगरी विदेशबाट आउने तथा विदेश गएर आउनेहरुले ल्याउने गरेकाले यसको बजारमा उपस्थिति ठिकै देखिन्छ ।

ताम्राकार मोवाइल व्यापार संघका कोषाध्यक्ष अनिल ढकालले ओप्पोको बिक्री राम्रो नरहेको स्वीकार गरे । उनले अहिले धेरैको रोजाइमा राम्रो क्यामरा, नयाँ नयाँ फिचर रोजाईमा पर्ने गरेको तर अरु मोबाइलको तुलनामा ओप्पोमा त्यस्ता फिचरहरु आउन नसकेकाले बजार लिन नसकेको बताए ।

Advertisement

Advertisement

Advertisement