स्रोतमा नै फोहर छुट्याइँदै स्थानीय तह

Advertisement

काठमाडौं । शहरवासीले उत्पादन गरेको फोहर शुरुकै अवस्थामा वर्गीकरण नगर्दा व्यवस्थापन गर्न समस्या आएको भन्दै काठमाडौँका स्थानीय तहले स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्याउने योजना अघि सोरेका छन् । कामपा वातावरण विभागले आयोजना गरेको फोहर व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा स्थानीय तहका प्रमुखले फोहरको उचित व्यवस्थापनका लागि स्रोतमा नै वर्गीकरण गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले फोहर सङ्कलन, ढुवानी र अन्तिम व्यवस्थापनका लागि नगरपालिकाबीच साझा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । उनले दीर्घकालीन ल्याण्डफिल निर्माणपछि पनि काठमाडौँका स्थानीय तहले वर्गीकरण गरेर मात्रै अन्तिम विसर्जन गर्ने स्थानसम्म लानुपर्छ ।

फोहरलाई स्रोतमा वर्गीकरण गरेर ल्याण्डफिलसाइटमा पुर्याउनुपर्ने फोहरको परिणाम घटाएर सम्भावित समस्या समाधानको बाटो खोजिएको विभागको भनाइ छ । काठमाडौँ उपत्यकाका १८ वटा स्थानयि तहबाट अहिले नुवाकोटको सिसडोलमा वर्गीकरणबिनाकै फोहरको व्यवस्थापन गरिँदै आएको छ ।

ककनीमा हाल दैनिक एक हजार मेट्रिकटन फोहर लगिने गरिन्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिकटन फोहर विसर्ज हुने गरेको छ ।

Advertisement

Advertisement

Advertisement