‘द कपिल शर्मा शो’ मा नीकिता चाण्डक अतिथि

Advertisement

काठमाडौँ । भारतको नम्बर वान कमेडी शो ‘द कपिल शर्मा शो’ पूर्व मिस नेपाल नीकिता चाण्डकले अतिथी बन्ने अवसर पाएकी छन् ।

नीकिताले ‘द कपिल शर्मा शो’ का चर्चित कमेडियन किकु शारदा (बच्चा यादव) सँगको एक तश्बिर इन्स्टाग्राममा साझेदार गर्दै आफूलाई शोमा अतिथीको रुपमा निमन्त्रणा गरेकोमा धन्यवाद दिएकी छन् । उनले किकुको पनि प्रशंसा गरेकी छन् । नीकिताले लेखेकी छन्, ‘मलाई ‘द कपिल शर्मा शो’ मा बोलाएकोमा किकु शारदा सर धन्यवाद । फेरि एकपटक भेट्न पाएकोमा खुसी छु ।’ उनले किकुको काम प्रतिको लगानशिलताको पनि प्रशंसा गरेकी छन् । नीकिताले किकुकै भ्यानेटी भ्यानमा तश्बिर क्लिक गरेकी हुन्

उनी २०१७ की मिस नेपाल हुन् । ‘द कपिल शर्मा शो’ मा कुन उद्देश्य र उनी अतिथी भएको एपिसोड कहिले प्रशारण हुन्छ त्यो भने नीकिताले खुलाएकी छैनन् ।

Advertisement

Advertisement

Advertisement