एमएस ग्रुपका अध्यक्ष शिवकुमार अग्रवालको निधन

Advertisement

काठमाडौं । एमएस ग्रुपका अध्यक्ष एवं उद्योगी शिवकुमार अग्रवालको भारतको चेन्नाइमा ७६ बर्षको उमेरमा निधन भएको छ । उनको स्वास्थ्यमा समस्या देखिएपछि एक हप्ताअघि उपचारका लागि भारत लगिएको थियो ।

अग्रवाल लामो समयदेखि मुटु तथा मृगौला रोगबाट पीडित थिए । उनका श्रीमती र दुई छोरा, एक छोरी छन् । अग्रवालको शुक्रबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने उनको पारिवारिक स्रोतले जनाएको छ ।

अग्रवालले एमएस ग्रुपमार्फत नेपालका विभिन्न स्थापित उद्योगहरुमा धागो उद्योग, चिनी उद्योग, तारे होटल र निर्माण लगायतका क्षेत्रमा लगानी गरेका छन् ।

Advertisement

Advertisement

Advertisement