पाकिस्तानी नागरिकका लागि अमेरिकी भिसामा ५ बर्ष अवधि कटौती गरी ३ महिनामा झारियो

Advertisement

काठमाडौं । अमेरिकाले पाकिस्तान नागरिकहरुलाई दिदै आएको भिसा नीतिमा परिवर्तन गरेको छ । खबरका अनुसार पहिले पाकिस्तानी नागरिकहरुलाई ५ वर्षको अमेरिकी भिसा दिइदैँ आएकोमा अब त्यसमा कटौती गरी ३ महिनाका लागि मात्र भिसा दिइने भएको छ ।

भिसामा परिवर्तन गरिनुका साथै अमेरिकाले अब भिसाको रकम पनि बढाएको छ । भिसा रकम १६० डलरबाट बढाएर १९० डलर पुर्याइएको छ । पाकिस्तानी नागरिकका अलावा त्यहाँका पत्रकारका लागि समेत भिसा अवधि घटाएर ३ महिनाको बनाइएको बताइएको छ । अमेरिकाले कयौँ श्रेणीमा भिसा नीतिमा परिवर्तन गरेको छ ।

पाकिस्तानबाट कामको सिलसिलामा र धर्म प्रचारकका लागि जाने मानिसहरुलाई भने ५ वर्षको सट्टा एक वर्षको मात्र भिसा दिइने भएको छ । व्यापार, पर्यटनका लागि जाने मानिसहरु र विद्यार्थीहरुका लागि भिसा अवधि ५ वर्ष नै कायम राखिएको छ ।

पाकिस्तानी सञ्चार माध्यमका अनुसार, पाकिस्तानी दूतावासको नियम अनुसार नै भिसा नीतिमा परिवर्तन गरिएको हो । सरकारी अधिकारीहरुलाई भने उनीहरुको कामका आधारमा भिसा अवधि निर्धारण गरिने बताइएको छ । पुलवामा हमलापछि विश्वव्यापी मञ्चमा पाकिस्तान अलग हुदैँ गइरहेको छ ।

Advertisement

Advertisement

Advertisement