मनाङमा हिमपहिरोका कारण नेपाली गाइडको मृत्यु, विदेशी पर्यटक वेपत्ता

Advertisement

काठमाडौं । मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । अन्नपूर्ण पदयात्रामा निस्किएका धादिङका अजय ढकालको मृत्यु भएको छ भने नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् ।
ढकाल ट्रेकिङ गाइड हुन् । उनीहरु दुई जना मात्र यात्रामा निस्किएका थिए ।

हिम पहिरो मनाङको निस्याङ गाउँपालिका १ मा पर्ने क्याङ्दी भिरमा गएको थियो । उनीहरु त्यहाँ खसेका थिए । ढकालको शव शुक्रबार साँझ फेला पारिए पनि नेदरल्याण्डका नागरिक भिनसेन्टलाई भने फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मनाङका इन्सपेक्टर श्रवण कुमार विकले जानकारी दिए ।

मनाङबाट फर्किने क्रममा यही फागुन २३ गते उनीहरु पहिरोमा परेका थिए । त्यसलगत्तै खोजी कार्य सुरु गरिएको थियो । ढकालको शव हिउँले पुरिएको अवस्थामा शुक्रबार साँझपख फेला परेको थियो । ढकालको शव पोष्टमार्टम गरेर शनिबार आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

नेदरल्याण्डका नागरिक भिनसेन्टको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement