देउवा र पौडेल सँगै आएर तातोपानीमा डुबुल्की लगाए

Advertisement

बेनी । काँग्रेसका शीर्ष नेताद्धय शेरबहादुर देउवा र रामचन्द्र पौडेल सँगै आएर तातोपानी कुण्डमा स्थान गरेका छन् । हेलिकप्टर चढेर आएका दुवै नेता कुण्डाको अवलोकन गर्नुका साथै स्थान पनि गरेका हुन् ।

प्रजातन्त्र स्थापनाको आन्दोलनदेखि नै साथी रहेका दुवै नेता कहिले आरोपप्रत्यारोपमा देखिन्छन भने कहिले मिलेका हुन्छन् । तातोपानी कुण्ड नहाउन यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, उनकी पत्नी सीता, गृहमन्त्री रामबहादुर थापालगायत पनि बेनी आएका थिए । अहिले देउवा र पौडेलसँग सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा पनि आएका छन् । यो कुण्डमा नहाएपछि धेरै प्रकारका रोगव्याध हटेर जाने आम विश्वास छ ।

तातोपानीमा नुहाएपछि काँग्रेस सभापति देउवाले पोल्ने खालको निकै तातो पानी रहेको अनुभव सुनाएका थिए । उनले तातोपानी कुण्डाको संरक्षण गर्नु जरुरी रहेको भन्दै यसको प्रचार प्रसार गर्न सकिए पर्यटन प्रवद्र्धन गर्न सकिने बताए ।

काँग्रेसका वरिष्ठ पौडेलले तातोपानी कुण्डको संरक्षण र विकासमा आफ्नो पार्टीको तर्फबाट आवश्यक पहल हुने बताए । उनले तातोपानी कुण्डको महत्व सुनेकोले अनुभव लिन आफू पनि आएको बताए । यहाँको पानी ५० डिग्री तापक्रमको रहेको छ । नुनको गन्ध आउने तातोपानी कुण्डमा नुहाउन आउनेहरुको संख्या पछिल्लो समयमा निकै बढेर गएको छ ।

Advertisement

Advertisement

Advertisement