स्पर्श लघुवित्तको आइपीओ आजबाट खुल्यो

Advertisement

काठमाडौं।  स्पर्श लघुवित्तको दुई करोड ६९ लाख ६३ हजार रुपिया बराबरको आइपीओ आज (आइतबार)देखि निष्काशन भएको छ।

कम्पनीले जारी कुल सेयरमध्य चार हजार एक सय ४८ कित्ता सेयर लघुवित्तका कर्मचारी र सामूहिक लगानी कोषलाई १३ हजार चार सय ८२ कित्ता र बाँकी दुई लाख ५२ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारि गरेको हो। यस सेयरमा लगानीकर्ताले न्युनातन एक हजार रुपियाँदेखि एक लाख ३४ हजार रुपियाँसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार ३४० कित्तासम्म आवेदन गर्ने सकिने व्यवस्था रहेको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । तर १० कित्ता शेयर नै गोलाप्रथाबाट बाँडफाँड हुने भएकाले लघुवित्तको आइपिओमा एक हजारको आवेदन नै प्रयाप्त हुने देखिन्छ ।

लगानीकर्ताले छिटोमा फागुन २९ गते र ढिलोमा  चैत २५ गतेसम्म आवेदन दिन सकिने छ। धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि आश्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । मेरो शेयर प्रयोगकर्ताले पनि यस सफ्टवेयरबाट आईपिओ भर्ने सुविधा रहेको छ ।

Advertisement

Advertisement

Advertisement